१६ असार २०८३, मंगलबार | June 30, 2026

रुपन्देही सुपरलिग : स्टार क्रिकेट एकेडेमीलाई सफलता



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टारले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४८ ओभरको खेलमा ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रनको सामान्य योगफल बनायो । उसका लागि सुमन थापाले २९, दिपेन्द्र हिताङले २५, स्वीकोत विश्वासले १७, अजय चौधरीले नटआउट १५ र सन्तोष परियारले १२ रन बनाए । बलिङमा स्टारका शिवरन श्रेष्ठले ४, राहुल प्रजापति, निरज मौर्य र प्रदीप साहनीले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा स्टारले २१.४ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाउँदै लक्ष्य पूरा गरेर जित निकाल्यो । उसको जितमा शिवरन श्रेष्ठले नटआउट ४१, सन्तोष साउदले ४१, विशाल भुसालले नटआउट १५ र अंकित बीएमले १४ रन बनाए । बलिङमा बुटवल युथका कृष्ण सेनले २ तथा सोनु मल्लाहले १ विकेट लिए । स्टारका शिवरन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : १३ बजे

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस