२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

रुपन्देही सुपरलिग : स्टार क्रिकेट एकेडेमीलाई सफलता



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टारले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४८ ओभरको खेलमा ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रनको सामान्य योगफल बनायो । उसका लागि सुमन थापाले २९, दिपेन्द्र हिताङले २५, स्वीकोत विश्वासले १७, अजय चौधरीले नटआउट १५ र सन्तोष परियारले १२ रन बनाए । बलिङमा स्टारका शिवरन श्रेष्ठले ४, राहुल प्रजापति, निरज मौर्य र प्रदीप साहनीले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा स्टारले २१.४ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाउँदै लक्ष्य पूरा गरेर जित निकाल्यो । उसको जितमा शिवरन श्रेष्ठले नटआउट ४१, सन्तोष साउदले ४१, विशाल भुसालले नटआउट १५ र अंकित बीएमले १४ रन बनाए । बलिङमा बुटवल युथका कृष्ण सेनले २ तथा सोनु मल्लाहले १ विकेट लिए । स्टारका शिवरन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : १३ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको