२० मंसिर २०८२, शनिबार | December 6, 2025

अक्सफोर्ड माविमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई नगद सहित पुरस्कृत



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

आइतबार माघ महिनामा लिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डले ६३ जना मावि तहका विद्यार्थीलाई नगद तथा तीन महिनाको मासिक शुल्कमा छुट सहित पुरस्कृत गरेको हो ।

कक्षा ११ र १२ मा अध्ययनरत दोस्रो त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जि.पि.ए ल्याउने १७ जना विद्यार्थीहरुलाई नगद र १० हजार तथा ३ महिनाको मासिक शुल्क छुट साथै ३ दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने ४६ जना परीक्षार्थीहरुलाई नगद तीन हजार र ३ महिनाको मासिक शुल्कमा छुट सहित सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

उत्कृष्ट नजिता हासिल गर्ने विद्यार्थीका विद्यार्थीहरुको सहभागिता समेत रहेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट जि.पि.ए ल्याउने विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको थियो । प्राचार्य भुसालका अनुसार उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्दै आएको हो

यस्तै माघको अन्तिम साता विद्यालयले गरेको वेभ प्रोजेक्ट डेभलपमेन्ट कम्पिटिशनमा उत्कृष्ट प्रर्दशन गरेका कक्षा १२ मा अध्ययनरत अर्पनको समूह प्रथम, सविनको समूह द्वितिय र आशिषको समूह तृतिय भएका यस्तै कक्षा ११ तर्फ विकल्प खत्रीको समूह प्रथम, अंकितको समूह र रोजनको समूह द्वितिय र अनुपको समूह तृतिय भएका थिए ।

उक्त कार्यक्रममा प्रथम, द्वितिय तथा तृतीय हुने विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको अक्सफोर्ड माविका प्राध्यापक सुमन भुसालले जानकारी दिए । यस्तै हालै बुटवलमा सम्पन्न भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ मा सहभागी भइ बुटवल उपमहानगरपालिकामा तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा विभिन्न विधामा उत्कृष्ट १० खेलाडी विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको प्राध्यापक भुसालले बताए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य ललितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, नारायण सापकोटा लगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

विद्यालयका प्राध्यापक नारायण सापकोटाको सञ्चालनमा भएको कार्यक्रम शैक्षिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारी तर्था विज्ञान र व्यवस्थापनमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : २३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले