७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रपतिबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी



काठमाडौं । महत्वका साथ हेरिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ ।

भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।

गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सहमतीय राष्ट्रपतिको बिषय उठान गरे पछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन, एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ ।

यही बेला बस्न लागेको माओवादी पदाधिकारी बैठक प्रति सबैको नजर पुगेको छ, माओवादी पदाधिकारीको बैठकको यतिबेला निकै प्रतिक्षा गरिराखिएको छ ।

सो बैठक अघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल बिशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थिति प्रकट भएको छ भने सोही बिषयलाइ लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुदेँ समझदारी गर्ने दलहरु एकै ठाउँमा उभिनु पर्ने बताएपछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने बिषय झन अन्यौल हुन पुगेको छ ।

पोखरा पार्टी कार्यक्रमा सहभागी हुन गएका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरवारस्थित कार्यालयमा भेटघाट गरेर पदाधिकारी बैठकमा गएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ३४ बजे

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको