काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकारी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार साँझ बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने निस्कर्ष पनि निकालेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रपतिमा निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको बताउँदै भने, ‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो ।’



















प्रतिक्रिया