२६ असार २०८३, शुक्रबार | July 10, 2026

भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव लिएर लोसपा नेताले देउवालाई भेटदै



काठमाडौं । सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शिर्ष नेताहरुले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताब लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटबार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शिर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाँही कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बिच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र कुनै निष्कर्ष ननिस्की रहेको बेला लोसपाले आफनो अध्यक्ष ठाकुरलाई अघि सारेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : २६ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा