३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् ।

राष्ट्रपति चयनका विषयमा असहमति बढ्दै जाँदा दुई शीर्ष नेताहरुबीच भेट भएको हो । भेटमा राष्ट्रपति निर्वाचनबारे छलफल भैरहेको छ ।

फागनु २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आगामी शनिबार मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

पूर्वसहमतिअनुरा आफ्नो दलको राष्ट्रपति उम्मेदवारलाई सघाउनुपर्ने अडान राख्दै आएका ओली पछिल्लो समय प्रचण्डबाट सकारात्मक जवाफ नपाएपछि अन्य दलका नेतालाई भए पनि राष्ट्रपति बनाउने भन्दै छलफलमा रहेका छन् ।

माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने निर्णय गरिसकेको छ ।

ओलीले पार्टी एकताको शर्तमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा उम्मेदवार उठाउन प्रस्ताव गरेका छन् । नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए प्रचण्डले अस्वीकार गर्न नसक्ने उनको बुझाई छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ११ : ०७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल