२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् ।

राष्ट्रपति चयनका विषयमा असहमति बढ्दै जाँदा दुई शीर्ष नेताहरुबीच भेट भएको हो । भेटमा राष्ट्रपति निर्वाचनबारे छलफल भैरहेको छ ।

फागनु २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आगामी शनिबार मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

पूर्वसहमतिअनुरा आफ्नो दलको राष्ट्रपति उम्मेदवारलाई सघाउनुपर्ने अडान राख्दै आएका ओली पछिल्लो समय प्रचण्डबाट सकारात्मक जवाफ नपाएपछि अन्य दलका नेतालाई भए पनि राष्ट्रपति बनाउने भन्दै छलफलमा रहेका छन् ।

माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने निर्णय गरिसकेको छ ।

ओलीले पार्टी एकताको शर्तमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा उम्मेदवार उठाउन प्रस्ताव गरेका छन् । नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए प्रचण्डले अस्वीकार गर्न नसक्ने उनको बुझाई छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ११ : ०७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र