३ पुस २०८२, बिहिबार | December 18, 2025

नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर



काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानिय अस्पतालले जनाएको छ ।

पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो । सो पछि उपचार हुदाँ नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको र उनले केही समय उपचार गर्नु पर्ने पिएसजीले जानकारी दिएको छ ।

दोस्रो हाफमा लिलका बेन्जामिन एन्ड्रेसँग ठोक्किँदा दाहिने एन्कलमा दबाब परेपछि उनी लडेका थिए । चोटकै कारण उनी ५१ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

खेलको १७ औँ मिनेटमा नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका थिए । तर, नेयमार कति समय खेल बाहिर रहने हो ? त्यो भने पिएसजीले बताएको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : १८ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा