८ माघ २०८२, बिहिबार | January 22, 2026

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।

जसमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको र तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारी तथा १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।

निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन १५ गतेभित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयरसम्मको आवेदन दिन सक्नेछन । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाईनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ् प्रदान गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ५७ बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट