१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एकसय छ वर्षसम्म भएन आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण


११ फाल्गुन २०७९, बिहिबार  

273
Shares

काठमाडौं । स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण हुनसकेको छैन ।

सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले राससलाई जानकारी दिए ।

जनशक्तिको अभावमा सेवा प्रवाहमा पनि समस्या भएको छ । देश सङ्घीय संरचनामा गएपछि विसं २०७६ मा सङ्गठनात्मक सर्वेक्षण हुने विश्वास गरिए पनि पुरानै ‘कपि पेस्ट’ का भरमा चल्नुपर्ने बाध्यता आइलागेको उनले बताए ।

उनले भने, “सङ्गठनात्मक सर्वेक्षण नभएका कारण पञ्चकर्म अध्ययन गरेर आउने जनशक्ति भए पनि स्वास्थ्य सेवा नियमावलीमा व्यवस्था नहुँदा वैधानिक रुपमा राख्न सकिएको छैन ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक तीन सय बिरामी आउने गरेका छन् । यहाँबाट २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने गरिएको छ । अस्पताल फार्मेसी निर्देशिका अनुसार अस्पतालमा फार्मेसी पनि सञ्चालन गरिएको छ ।

यहाँ आठ सय भन्दा धेरै थरिका औषधिको बिक्री हुने गरेको छ । फार्मेसीमा बजारमाभन्दा निजी औषधि पसलमाभन्दा सस्तोमा औषधि बिक्री हुने गरेको जनाइएको छ । अस्पतालमा ‘सिटस्क्यान’ यन्त्र ल्याउन पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छ । यन्त्रको सहयोगमा सेवाग्राहीलाई थप सुविधा दिइने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : ०१ बजे

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध