४ पुस २०८२, शुक्रबार | December 20, 2025

अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई जरिवाना तिराएर छाडियो



बुटवल । रुपन्देहीका बिभिन्न नदिहरुमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अबैध नदिजन्य पदार्थ उत्खनन नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही देवदह नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सुद्धोधन गाउँपालिकाबाट अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा १३ थान सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले ९ वटा ट्याक्टर ३ वटा जेसीभी र १ वटा टिप्पर गरी जम्मा १३ वटा सवारी साधनहरु नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडेको रुपन्देही प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका साधनका धनीहरुबाट स्थानिय निकायहरुमा मार्फत २ लाख ६८ हजार जरिवाना असुल भएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका साधनलाई सम्बन्धित स्थानीयतहमा बुझाएकोमा स्थानीयतहले जरिवाना तिराएर सवारीसाधन छाडेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको