२७ असार २०८३, शनिबार | July 11, 2026

भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत



बुटवल । भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौसम्मको १ हजार ४४ किलोमिटर साईकल यात्रामा निस्किएको ७ जना साइकलयात्रीलाई विहिबार बुटवलमा स्वागत गरिएको छ ।

विहिबार बिहान दाङको लमहीमा हिँडेको साईकल यात्रीहरु साझ बुटवल आईपुगेका हुन् । यात्रालाई पथिल ट्राभल र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले सहयोग गरेको छ । २० फेबअरीमा दिल्लीस्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेबअरीमा नेपालको राजधानी काठमाडौ पुग्ने लक्ष्य रहेको छ ।

बुटवलमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक महेन्द्र न्यौपाने र म्यानेजर केशव बश्याल, रुपन्देही जिल्ला लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारीले उनिहरुलाई खादा र फुलमालाले स्वागत गरेका थिए ।

स्वागतका क्रममा यात्रीहरुले आफनो यात्राको बारेमा समेत अनुभव सुनाए । उनीहरुले नेपालीहरुले देखाएको सदभाव र मायाले आफुहरु निकै प्रभावित भएको बताए । नेपालभारत सहयोगमा बनेको पूर्वपश्चिम राजमार्गको अन्तिम गेट बनबासाबाट नेपाल प्रवेश गरेका उनीहरुले भारतको सहयोगमा बनेको पूर्वपश्चिम राजमार्गलाई भारतले अपनत्व लिँदै स्तरउन्नती गर्नु पर्ने पनि बताए ।

सहभागी साइकल यात्री विनिता सिंहले पर्यावरण जोगाएर हरियाली बनाएकोमा नेपाली नागरिकलाई धन्यवाद दिइन् । उनले नेपालको यात्राले आफुहरुलाई रोमाञ्चित बनाएको बताउँदै नेपालीको माया गर्ने शैलीको प्रशंसा गरिन् ।

साइकल यात्रामा दुई अफिसियल सहित ९ जनाको टिम रहेका छन । आयोजक द पेडलर्स का रभिन्दर सिँह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए ।

जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले पर्यटनलाई साईकल अभियानमा जोड्नुपर्ने सुझाव दिए ।

आयोजक टिमका जसप्रीत सिहका अनुसार यो साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्य एम्बेसडरका रुपमा कनवर गिल सहभागी छन् भने अन्य सहभागीमा मेघा जैन, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, आसिफ मल्वासी, रबिन्दर कुमार सिह छन् । दुई अफिसियल सहित ९ जनाको टिम शुक्रबार बिहान ६ बजे चुम्लिन्टार बास बस्ने गरि बुटवलबाट हिँड्नेछन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ०८ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को