२ पुस २०८२, बुधबार | December 17, 2025

नेकपा एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बीच रस्साकस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ ।

बुधबार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ५१ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग