काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।
केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन ।
शुक्रबार साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
देउवाको प्रस्ताव अनुमोदन भए पछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ ।
नयाँ गठबन्धन सदस्य जसपाले औपचारिकरुपमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।



















प्रतिक्रिया