४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस कार्यसम्पादन समितिको बैठक : देउवाले प्रस्ताव गरे राष्ट्रपतिमा पौडेलको नाम



काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।

केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन ।

शुक्रबार साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

देउवाको प्रस्ताव अनुमोदन भए पछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ ।

नयाँ गठबन्धन सदस्य जसपाले औपचारिकरुपमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ०६ बजे

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार

जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौं । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका