२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण



काठमाडौं । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षप गरेका छन् । जेनेभाकालागि प्रस्थान गर्न केहि घण्टा बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीको भ्रमण रोकिदिएका हुन् ।

मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा मन्त्री पौड्याल जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेकोमा दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन गरेर भ्रमण स्थगित गर्न भनिएको थियो ।

यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन्।

आफ्नो भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे आफूलाई कुनै जानकारी नदिइएको पौड्यालले बताएकी छन् ।

परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन् ।

भ्रमण रोकिएको विषयमा प्रधानमन्त्रीको सचिवालयबाट भने कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ०१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको