७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण



काठमाडौं । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षप गरेका छन् । जेनेभाकालागि प्रस्थान गर्न केहि घण्टा बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीको भ्रमण रोकिदिएका हुन् ।

मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा मन्त्री पौड्याल जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेकोमा दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन गरेर भ्रमण स्थगित गर्न भनिएको थियो ।

यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन्।

आफ्नो भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे आफूलाई कुनै जानकारी नदिइएको पौड्यालले बताएकी छन् ।

परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन् ।

भ्रमण रोकिएको विषयमा प्रधानमन्त्रीको सचिवालयबाट भने कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ०१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल