२७ असार २०८३, शनिबार | July 11, 2026

नेकपा एमाले सरकारबाट बाहिरिने, सरकारलाई दिएको समर्थन पनि फिर्ता



काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले सरकारबाट फिर्ता हुँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको हो ।

माओवादीले पुस १० को सहमति विपरित राष्ट्रपतिमा आफ्नो दलका उम्मेदवालाई समर्थन नगरेपछि एमाले सरकारबाट बाहिरिने अनुमान गरिएको थियो । यद्यपी, दुई दिन अघि बसेको सचिवालय बैठकले भने राष्ट्रपति निर्वाचनसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको थियो । सरकारमा बसिरहन उचित नभएका कारण बाहिरिनुपरेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।

एमालेले प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जनेभा भ्रमण रोकेकोमा पनि आपत्ति जनाएको छ । प्रधानमन्त्रीले भ्रमण रोकेर राष्ट्रकै इज्यतमाथि खेलवाड गरेको एमालेले आरोप लगाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : ५५ बजे

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण

बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन