२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुडानका चालीस लाख बालबालिकालाई कुपोषण



सिन्ह्वा । संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ ।

सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो ।

तीमध्ये छ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।

खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौँ लाख नागरिक विस्थापित भएर बसेका छन् । विस्थापित भएका अरु दशौँ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँ मानवीय सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : ०० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय