७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा



काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकाछन् ।

पुस १० गते भएको सहमति पालना नगरेको भन्दै एमालेको आज बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट समेत फिर्ता हुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।

सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि बसेको सचिवालय बैठकले भने राष्ट्रपति निर्वाचनको समयसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ४ : २१ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८