४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता



भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । खुकुरीले तिलोत्तमा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको सामान्य योगफल बनायो । उसका लागि मिर्नाल गुरुङले ५२, मनिष थापाले २४, विपिन खत्रीले २३ र विकल अधिकारीले १४ रन बनाए । उसलाई मध्यमस्तरको स्कोरमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका शाह आलमले ४ तथा इकलाख अहमद वारिस, सन्तोष यादव र अजयकुमार चौहानले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले ३३.५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६० रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा ९५ बलको सामना गरेका प्रज्वल थापाले ११ चौकाको मद्दतमा नटआउट ७९ रन बनाए । यस्तै, सन्तोष यादवले ३०, न्शिचल चौधरीले १८ र विराट भण्डारीले ९ रनको योगदान दिए । बलिङमा तिलोत्तमाका विपिन खत्रीले २ तथा अमन बोहरा क्षेत्रीले १ विकेट लिए । खुकुरीका शाह आलम म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेको संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ११ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि