६ भदौ २०८३, शनिबार | August 22, 2026

आइसिसी लिग-२ : नेपालद्वारा पपुवा न्यूगिनी पराजित



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग-२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ ।

युनाइटेड अरब इमिरेट् (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यूगिनीले दिएको दुई सय चार रनको लक्ष्य नेपालले ४५ दशमलव दुई ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले ५६ रनको योगदान दिए ।

यस्तै आसिफ शेखले ४४, आरिफ शेखले ३३, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले २२ तथा कुशल मल्लले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ पपुवा न्यूगिनीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियोे । पपुवा न्यूगिनीकम लागि चाड सोपरले अविजित ३६, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए । जितसँगै नेपाल २९ खेलमा २८ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : २० बजे

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा