५ पुस २०८२, शनिबार | December 20, 2025

पेरिस ओलम्पिकका लागि महिला खेलाडीको प्रशिक्षण १९ फागुनबाट



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको लागि नेपालको महिला टोलीको प्रशिक्षण १९ फागुनबाट सुरू हुने भएको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरे पछि प्रशिक्षण भने १९ पफागुनवाट सुरू गरिने भएको हो । प्रारिम्भक टोलीको बन्द प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।

मुख्य प्रशिक्षक अनन्तराज थापाका अनुसार सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू नेपालमा हुँदैछ । उनका अनुसार नेपाल टोलीले अफगानिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । जसअनुसार  नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा भियतनामसँग खेल्नेछ ।

प्रारम्भिक महिला टोली

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, सरु लिम्बु, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, र सारा बज्राचार्य

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ०८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य