२७ असार २०८३, शनिबार | July 11, 2026

जनमत पार्टी सरकारबाट बाहिरिन्न : सीके राउत



काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट नबाहिरिने भएको छ ।

गत १० पुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल सरकारबाट बाहिरिँदा जनमत भने सरकारमै रहने भएको हो ।

काठमाडौंमा मंगलबार भएको जनमतनिकट विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीलाई जनमत अध्यक्ष राउतले आफूहरु सरकारबाट नबाहिरिने जानकारी दिएका हुन् । सरकार छोड्नुपर्ने जनमत कुनै परिस्थिति नआएको उनको भनाइ छ ।

राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्तिको रुपमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको अध्यक्ष राउतले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : १४ बजे

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र