२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी



भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को मंगलबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको झिनो योगफल बनायो । उसका लागि मिथलेश यादवले ३२, विपिन न्यौपानेले २३ र कमल परियारले २० रन बनाए पनि अन्य ब्याट्सम्यान तिरुपतिका बलरसामु निरीह भए ।

उसलाई झिनो स्कोरमा रोक्न तिरुपतिका विवेक यादवले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर ५ विकेट लिए । यस्तै, संदीप मौर्यले ३ तथा तुलबहादुर थापा र वसिर अहमदले १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले २९.३ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आनन्द गौडले नटआउट ४७, वसिर अहमदले २४ र नन्दलाल चाईले १८ रनको योगदान दिए ।

बुद्धका कमल परियारले १० ओभर बलिङ गर्दै २ मेर्डन राखेर २८ रन खर्चंदै ६ विकेट लिए भने विपिन न्यौपानेले २ विकेट लिन सफल भए । तिरुपतिका विवेक यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ४ : ४४ बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज