९ मंसिर २०८३, बुधबार | November 25, 2026

महोत्तरीमा डढेलोले सखाप हुँदै वन



महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।

बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् । बर्दिबास-५ टुटेश्वरका बुद्धिराज काफ्ले भने, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ ।

डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ । साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ । उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला-१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउछन ।

“दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भने । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।

जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास-५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउछन ।

वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उनले भने ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ४४ बजे

Your email address will not be published.

दशौँ राष्ट्रिय खेलकुद : पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

नेपालगन्ज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई

दानबहादुर कार्कीलाई दिएन सर्वोच्चले अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार

Chinese Delegation Reviews Hybrid Rice Demonstration at AFU, Strengthens Agricultural Cooperation Chitwan

Kathmandu: A Chinese agricultural delegation and representatives of Agriculture and

सर्वोच्चले सरकारसँग आनी छोइङलाई लुम्बिनी विकास कोषमा नियुक्त गर्नुको जवाफ माग्यो

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ