१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

लुम्बिनी विकास कोषका पदाधिकारीहरुबाट कपिलबस्तुका बुद्धस्थलको निरीक्षण



लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलबस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन् । ती क्षेत्रमा विकास कोषले गरेका पछिल्ला काम र त्यहाँको बस्तुगत अवस्था बुझ्नका लागि निरीक्षण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए ।

उक्त अवसरमा तिलौराकोटमा पछिल्लो समय पुरातात्व विभाग र विकास कोषले गरेको उत्खननका बारेमा जानकारी लिइएको उनले बताए ।

उत्खननमा संलग्न पुरातात्व विभाग, लुम्बिनी विकास कोषका पुरातात्व विभाग र दुर्हम विश्वविद्यालयका प्रतिनिधिबाट उत्खननमा भेटिएका नयाँ तथ्यबारे समेत जानकारी लिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

शाक्यहरुको सामूहिक नरंसंहार गरिएको ऐतिहासिक स्थल सगरहवामा गरिने मूर्तीकार्यशाला सञ्चालनका फिल्ड भिजिट समेत गरिएको थियो । निरीक्षणमा विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य र प्रेस कन्सल्ट्यान्ट विनोद परियारको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ४७ बजे

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने