६ माघ २०८२, मंगलबार | January 20, 2026

आजबाट प्रदेश १ को नाम ‘कोशी प्रदेश’



विराटनगर । प्रदेश गठन भएको छैठौं वर्षमा प्रदेश नम्बर १ ले प्रदेशसभाबाट औपचारिक नाम पाएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशको नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भए पछि प्रदेश १ ले नाम पाएको हो ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान दर्ता गरेको प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरे । उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये कोशीको पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ भने ६ जना अनुपस्थित रहेका छन् ।

दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै लागेको हो ।

प्रदेश १ को प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने पहिचान र सामर्थ्यको आधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन । प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५४ बजे

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका