१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

बिरोध शैली परिबर्तनः ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने



धनगढी । चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेको हो ।

बित्तिय संस्थाहरुले ब्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै  केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दैै आएका छन । दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका हुन ।

हिजो बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए । यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुदैँ आएका छन।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : २१ बजे

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार

प्रभु बैंकका ग्राहकले काठमाण्डु मोडेल अस्पतालमा विशेष छुट पाउने

काठमाडौ । काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा

नीति तथा कार्यक्रम : वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने

काठमाडौं । सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा