२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देही सुपरलिग : तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी



भैरहवा । तिलोत्तमा क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को बिहीबारको खेलमा विजयी भएको छ । तिलोत्तमाले सैनामैना क्रिकेट क्लबलाई १ सय १२ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रन बनायो । उसका लागि मनिष थापा र कृष्ण भुसालले समान २४–२४ रन बनाए भने लक्ष्मण कुमालले नटआउट २२, यम क्षेत्रीले २१, महेश रानाले १७, मिर्नाल गुरुङले १३ र विकल अधिकारीले १० रन जोडे ।

बलिङमा सैनामैनाका करण विकले ४, गणेश गौतमले ३ तथा अशोक विक र सुनिल पौडेलले समान १-१ विकेट लिए ।

प्रतिउत्तरमा सैनौमैना १३.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनको लज्जास्पद स्कोरमा रोकियो । तिलोत्तमाका बलरसामु सैनामैनाका ब्याट्सम्यान खुलेर चल्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्यो । उसलाई सस्तैमा रोक्न ७ ओभर बलिङ गरेका तिलोत्तमाका कृष्ण कार्कीले १ मेर्डन राख्दै १६ रन खर्चेर ५ विकेट लिए । यस्तै, विपिन खत्रीले ३ विकेट लिन सफल भए । सैनामैनाका विक्रम गौतमले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रनसमेत जोड्न सकेनन् । तिलोत्तमाका कृष्ण कार्की म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ४ : १६ बजे

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा