८ कार्तिक २०८३, आइतबार | October 25, 2026

फ्राइडे रिलिज : छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शनमा



काठमाडौं । बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा-४ र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेको हो ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।

उता, निर्भान फिल्म स्कुलको छडके-२ मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके-२ बाट ग्यांगस्टार मुहारमा देखिदैछन । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके-२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन ।

दुवै सिक्ववेल मुभी हुन । एकैपटक  सिक्ववेल मुभी  रिलिज भएकाे सम्भवत पहिलाे पटक हाे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ११ बजे

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका