१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

महोत्तरीका किसानहरू दूधमा आत्मनिर्भर बन्दै



महोत्तरी । ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो ।

बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् । उनीजस्तै गाउँका अन्य धेरै किसानहरु हुन्छन । जसले दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

किसानका घर–घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर, धेरैजसो किसानहरु भने दुध आफैँ बजारसम्म पु¥याउने गर्छन् । जो आफैँले दूध बजारसम्म पु¥याउँछन्, उनीहरुले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रुपैयाँ बढी पाउँछन् । ‘आफँै जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ,’ खड्काले भने ।

महोत्तरी ८० प्रतिशत भू–भाग ग्रामिण क्षेत्रले ओगटेको छ । दिनहूँ बढ्दै गएको सहरीकरणले किसानहरुको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँछन । ‘म दूध लिन किसानको घर–घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ,’ उनले भने ।

बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लागेका छन् । ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उनले भने, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’

यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर, बजारको माग धान्न सकेका छैनन् ।

जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दुधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरुले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १ : ५६ बजे

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४