१८ श्रावण २०८३, सोमबार | August 3, 2026

महायज्ञको पूर्व तयारीका लागि खजुरामा सरसफाई अभियान



खजुरा । धार्मिक पर्यटनकालागि महायज्ञको तयारीमा रहेको बाँकेको खजुरा बजारमा सरसफाई कार्यक्रम संचालन गरिएको छ । खजुरा स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा यहि फागुन २४ गते देखि सुरुहुने श्रीमदभागवत ज्ञान महायज्ञ २०७९ को पूर्व तयारी स्वरुप महायज्ञ संचालन हुने बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

खजुरा क्षेत्र संरक्षण समितिको अगुवाईमा महायज्ञस्थल खजुरा बजारको मुख्य बजार र एक नम्बर बजारमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा सुरक्षाकर्मी, संघसस्था, ज्ञानोदय स्काउट तथा स्थानीयहरुको सहभागीता रहेको थियो । कार्यक्रममा महायज्ञ आयोजक लक्ष्मीनारायण मन्दिर व्यवस्थापनि समिति सहित मुल समितिका सदस्यहरुको पनि सक्रिय सहभागीता रहेको थियो ।

खजुरालाई सुन्दर र सफा बजार बनाउन सरसफाई अभियान संचालन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर बुढाथोकीले जानकारी दिए ।

सप्ताहव्यापी रुपमा हुने महायज्ञमा प्रसिद्ध माधुर्य भागवत कथा वाचक पण्डित श्री बालकृष्ण अर्यालले संगितमय कथा वाचन हुने लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए । क्यान्सर अस्पतालका संकल्पकर्ता दीनदयाल महाराजको संयोजन र संरक्षकत्वमा महायज्ञ संचालनको तयारी तिब्ररुपमा अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : २६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क