२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

फाइभ ए साईड फुटबलमा एमएफसी सहित १३ टिम विजयी



बुटवल । प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा बुटवलको मर्निङ फुटबल क्लब (एमएफसी) विजयी भएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान फुटबल ग्राउण्डमा भएको पहिलो दिनको खेलमा एमएफसीले रोयल जिम एण्ड फिटनेश क्लबलाई ट्राईबेकरमा पराजित गर्दै अन्तिम १४ मा स्थान बनाएको हो ।

शुक्रबार भएको पहिलो दिनको खेलमा समुह ‘बि’ बाट दोभान फुटबल (ए), बुटवल एफसी विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि समुह ‘ए’ मा गणेश सास्कृतिक क्लब (ए), लुम्बिनी तिलोत्तमा (बि), गुड मर्निङ एफसी, एस वाईसी विजयी भएका छन ।

यसैगरि समुह ‘सि’ बाट तिलोत्तमा युवा क्लब (सी), न्यु युथ युनियन एफसी, विष्णुपुर एफसी र ओसिस एफसी बाई पाएर दोस्रो चरणमा प्रवेश गरेका छन भने समुह ‘डि’ मा दोभान एफसी (बि), धमकडा ब्रदर्श एफसी, लुम्बिनी तिलोत्तमा क्लब (ए), चपरहट्टी एफसी विजयी भएको अध्यक्ष सन्दिप शेरचनले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद १२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट विधातर्फ पनि विजेता खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगितामा रुपन्देही, पाल्पाका २८ टिमले प्रतियोगितामा भाष् लिएको उनले बताए ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ५३ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल