९ माघ २०८२, शुक्रबार | January 23, 2026

धनुषामा ८ महिनाभित्र ६४५ फरार अभियुक्त पक्राउ



जनकपुर। धनुषा प्रहरीले  गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या झन्डै सात सय पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गर्दा यती धेरै  संख्यामा फरार रहदैँ आएकाहरु पक्राउ परेका हुन । उनका अनुसार यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उनका अनुसार बिभिन्न प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ ।

ुजिल्ला अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको छौं, उनले भने । उनका अनुसार धनुषामा दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको छन् ।

यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १९ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ भने केही भने अनुसन्धानका शिलशिलामा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ। प्रहरी नियन्त्रणमा राखिएकाले आवाश्यक कारबाही गरी छाडने र मुद्धा चलाउने कार्य गरिएको उनको भनाई छ ।

प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरी कारबाही चलाउन निर्देशन पछि सोही अनुसार कारबाही अभियान चलाईएको र सो अभियान अब पनि जारी रहने प्रहरी उपरीक्षक खडकाले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : ११ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण