१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक



काठमाडौं । नेपाललाई ‘फिल्मिङ् डेस्टिनेशन’को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार भएको गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक भएको छ ।

फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवद्र्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो । करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख छायांकन सम्भावित स्थलहरु समेटिएको छ । यो वृत्तचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचारप्रसार हुनुपर्ने आवश्यकता महशुस गरी बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब ईमिरेट्समा भएको ’नेपाल चलचित्र फेस्ट’मा प्रदर्शन गरिएको थियो । बोर्ड अध्यक्ष भुवन केसीले यसप्रकारले सातै प्रदेशमा रहेका छायांकन सम्भावित क्षेत्रहरुलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए ।

‘यस प्रकृतिका सामग्रीहरु बोर्डले निरन्तर बनाउँदै विश्वव्यापी पु¥याउनेछ । नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वव्यापी प्रवद्र्धन गर्ने योजनाअनुरुप हालको लागि गण्डकी प्रदेशमा रहेका केहि प्रमूख छायांकनस्थलहरु समेटिएको वृत्तचित्र सार्वजनिक गरेका हौँ,’ उनले भने ।

नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुरुप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए ।

‘बोर्डले स्पष्ट रूपमा नेपालमा चलचित्रको भिन्न पक्षको प्रवद्र्धनमा सहयोग गर्ने वातावरण सिर्जना गरेको छ । नेपालमा नेपाली चलचित्रहरूको मात्र नभई विश्वका ठुला चलचित्र उद्योगहरुमा बनिरहेका चलचित्रहरुको समेत छायांकन हुँदै आएको छ । यसलाई ठुलो संख्यामा विकास गर्ने उद्देश्यस्वरुप प्रवर्द्धनात्मक सामग्रीहरु बोर्डले प्रकाशन तथा निर्माण गर्ने उद्देश्य लिएको छ । यसबाट चलचित्र पर्यटनको उल्लेख्य विकास हुने बिश्वास लिएका छौँ’, गुरागाईंले भने ।

बोर्डले गत २०७६ सालमा लोकेशन गाइडको रुपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ’फिल्मिङ इन नेपाल-भोल्यूम १’ पुस्तक पनि प्रकाशन भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ५८ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण