५ चैत्र २०८२, बिहिबार | March 19, 2026

खजुरामा भोली होली उत्सव मनाइने, पत्रकार र स्थानीयबीच फुटवल भिडन्त हुने



खजुरा । फागु पुर्णिमाको अवसरमा बाँकेको खजुरामा होली उत्सव मनाइने भएको छ । आदर्श युवा सञ्जालको आयोजना फागु पुर्णिमाको दिन सोमबार होली उत्सव मनाइन लागिएको हो ।

होली उत्सवमा होली मिलन शुभकामना आदान प्रदान कार्यक्रम गरिनुका साथै जिल्लाका क्रियाशिल पत्रकार र सञ्जालका सदस्यहरु बीच मैत्रिपुर्ण फुटबल खेलाइने सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

सञ्जालले हरेक वर्ष होलि पर्वका अवसरमा पत्रकार र सञ्जाल सदस्यविच फुटबल खेलको आयोजना गर्ने गरेको छ । सामाजिक सदभाव कायम राख्ने उदेश्यले सञ्जालले होली उत्सवको आयोजना गरिएको सचिव निरौलाले बताए ।

पहाडी क्षेत्रमा होलि पर्व मनाइने दिन २२ गते नै खजुराको मिनि रङ्गशाला डि गाउँमा होलि उत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । होलीका कार्यक्रमको तयारी स्वरुप आज होलीको टिसर्ट अनावरण गरिएको आदर्श युवा सञ्जालका अध्यक्ष देव बहादुर कुंवरले जनाए । विहान ८ बजेदेखि सुरु हुने होली उत्सवको तयारी पुरा भएका फिल्ड व्यवस्थापक बासु तिवारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ५९ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर