२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपालको उत्कृष्ट बलिङमा युएईमाथि रोमाञ्चक जित



काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि रोमाञ्चक जित निकालेको छ ।

सोमबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाली बलरहरुको उत्कृष्ट प्रर्दशनमा नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको हो ।

नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन बनायो ।

युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धशतकिय पारी खेले । खानले ८२ र लाक्राले ५० रनको योगदान गरे । अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । कामी र ऐरीले समान तीनरतीन विकेट लिए । सन्दिप लामिछाने, करण केसी र आरिफ शेखको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।

ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुईरदुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : ५४ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७