६ श्रावण २०८३, बुधबार | July 23, 2026

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनको लागि सम्झौता



काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० तथा ‘क’ वर्गको वाणिज्य बैंक( हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि (HI-MB) प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ ।

यसै गरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : १० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क