६ भदौ २०८३, शनिबार | August 22, 2026

२२ औं संस्करणको तिलोत्तमा गोल्डकपको चैत ४ गतेबाट सुरु



बुटवल । तिलोत्तमा गोल्डकपको २२ औं संस्करण आगामी चैत ४ गतेदेखी सुरु हुने भएको छ । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरीदै आएको तिलोत्तमा गोल्डकपको २२ औं संस्करण चैत ४ गतेदेखी बुटवलमा सुरु हुने भएको हो ।

२०७५ मा २१ औं संस्करणको प्रतियोगिता पछि कोरोना महामारी लगायत कारणले २२ औं संस्करण हुन सकेको थिएन । त्यसको ४ बर्षपछि २१ औं संस्करणको गोल्डकप हुन लागेको आयोजन रुपन्देही जिल्ला फुटवल संघले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ । चैत ४ गते देखि हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कुल ८ टिमको सहभागिता हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयां प्राप्त गर्नेछ । त्यस्तै उपविजेता बन्ने टिमले नगद ५ लाख ५५ हजार ५५५ रुपैयां प्राप्त गर्ने रुपन्देही फुटवल संघका अध्यक्ष लोक पुनले जानाकारी दिए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडिलाई १ लाख वा मोटरसाईकल प्रदान गरिनेछ । साथै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई नगद ३०÷३० हजार दिईनेछ । प्रतियोगितामा कुल १ करोड ८ लाख बढि खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा करेन्ट रुपन्देही ११, मनाङ मस्र्याङदी क्लव, थ्री स्टार, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लव र सुदुर पश्चिम ११ ले सहभागिता उनको भनाई छ । २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्ष देखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । ३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।

६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुंदै आएको थियो ।

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ५ : १२ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज