२३ भदौ २०८३, मंगलबार | September 8, 2026

उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद



काठमाडौं । निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ ।

खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य समुदायबाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद देखिएको हो । आयोगको निर्णयपछि नौ दलीय गठबन्धनको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठक बस्यो ।

बैठकपछि बाहिरिने क्रममा कार्यदल संयोजक तथा कांग्रेस उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको संविधानको व्यवस्थाविपरीत रहेको प्रतिक्रिया दिए ।

सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताएका हुन् ।

संविधानविपरीत आयोगले निर्णय गरेको भन्दै उनले भने, ‘फरक लिंग वा फरक समुदाय भन्नाले अनिवार्य उपराष्ट्रपति महिला हुनुपर्छ । अथवा राष्ट्रपति र उपराष्ट्रपति महिला-पुरुष हुनुपर्छ भन्ने व्यवस्था संविधानमा गरिएको छैन ।’

तर, आयोगको निर्णय संविधानसम्मत रहेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।  सोही कार्यदलको बैठकबाट बाहिरिने क्रममा उनले आयोगले जारी गरेको वक्तव्य संविधानभन्दा बाहिर नरहेको बताए । संविधान र कानुनको मर्म र भावनाअनुसार नै उपराष्ट्रपति चयन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ३६ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा