२८ असार २०८३, आइतबार | July 12, 2026

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित



तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका-२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ ।

यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे । “खोलाको दुईपट्टि खेत छ, ठूला-ठूला खाडल पारिएको छ”, उनले भने, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।”

गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाउनुभएन । यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उनको भनाइ छ । खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन गरिएको छ ।

त्यस्तै शान्तिनगर-२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा छन । खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ । त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ । वर्षात्मा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ ।

त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् । खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ०० बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण