६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८ दशमलव २० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९ दशमलव १२ अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ५३, विकास बैंक समूह ५२ दशमलव १३, वित्त समूह २८ दशमलव ७८ र होटल तथा पर्यटन समूह ३१ दशमलव ३३ अङ्कले घटेको छ ।

त्यसैगरी जलविद्युत् समूह ३८ दशमलव ०७, लगानी समूह एक दशमलव पाँच, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३० दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार समूह २४ दशमलव ८७ र अन्य समूह आठ दशमलव ८१ अङ्कले घटेको छ ।

आज २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ अङ्कले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर-२०८३ को शेयर मूल्य छ दशमलव ५५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू आठ करोड २१ लाख ५८ हजार नौ सय ४३ बराबरको एक लाख ८१ हजार दुई सय ३४ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : २० बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय