१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

रुपन्देही सुपरलिग : मेलवर्न क्रिकेट क्लबको तिरुपतिमाथि सानदार जित



भैरहवा । मेलवर्न क्रिकेट क्लबले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको सुपर फोरको खेलमा सानदार जित निकालेको छ । तिरुपति क्रिकेट क्लबले दिएको ९८ रनको झिनो लक्ष्य मेलवर्नले १ विकेट गुमाउँदै भेट्टायो र ९ विकेटको सानदार जित निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा २२.४ ओभरमा ९७ रनमै अलआउट भयो । उसका लागि आनन्दकुमार गौडले नटआउट २२, अजमत अलीले १५ र बसिर अहम्मदले १४ रन बनाए ।

उसका तीन जना ब्याट्सम्यान शुन्य रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले पनि दोहोरो अंक बटुल्न सकेनन् र टिम सस्तैमा रोकियो । तिरुपतिलाई झिनो स्कोरमा रोक्न ६ ओभर बलिङ गरेका मेलवर्नका रमेश कुर्मीले १ मेर्डन राख्दै ३२ रन खर्चेर ५ विकेट लिन सफल भए । यस्तै, बिष्णु कटरियाले ३ तथा रोशनलाल गुप्ताले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले १८.२ ओभरमा १ विकेटको नोक्सानीमा ९८ रन बनाउँदै जित निकाल्न सफल भयो । उसको जितमा सिद्धार्थ अधिकारीले नटआउट ३५ रन बनाउँदा रोशनलाल गुप्ताले २६ र विजय प्रजापतिले अविजित १९ रनको योगदान गरे । बलिङमा तिरुपतिका बसिर अहम्मदले १ विकेट लिए । मेलवर्नका रमेश कुर्मी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ०६ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका