२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला



काठमाडौं । नेकपा (एमाले) को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गरेका हुन् । दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गरेका हुन् । गिरी पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुन् ।

उनीहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहेका ओलीले मनोनयन गरेका हुन् । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ४३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले