१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संसदमा दृढताका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई ओलीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताए । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै ओलीले भने । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि खोजमूलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गरे। “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने । दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उनले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : २० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान