१६ असार २०८३, मंगलबार | June 30, 2026

आइसिसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जित्यो



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै अब पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपाली टोलीमा आज एक खेलाडीलाई परिवर्तन गरेको छ । नेपाली टिममा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा करण केसी समावेश छन् ।

नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो ।

तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।

आजको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउँदै जित सुनिश्चित गर्न चाहन्छ । नेपाल ३४ खेलमा ३६ अङ्कका साथ चौथो स्थानमा छ । अब बाँकी रहेका दुई खेलमा विजयी हासिल गरेमा नेपाल तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको यात्रा पक्का गर्नेछ ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अङ्क छ । छैटौँ स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अङ्क छ भने सातौँ स्थानको पपुवा न्युगिनीको समान खेलमा ११ अङ्क छ । ५० अङ्कसहित शीर्ष स्थानमा बसेको स्कटल्यान्ड र ४४ अङ्कसहित दोस्रो स्थानमा बसेको ओमानले भने विश्वकप छनोटको यात्रा तय गरिसकेको छ ।

नेपालको प्लेइङ–११ कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, सोमपाल कामी र ललितनारायण राजवंशी छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : २४ बजे

महान्यायाधिवक्ता डा कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र