१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रुपन्देही सुपरलिग : वेष्टर्न क्लबलाई सफलता



भैरहवा । तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय १३ रनको उच्च योगफल बनायो । टीमलाई उच्च स्कोरमा पुर्याउन अनिलकुमार साहले अर्धशतीकय पारी खेले । ७८ बलमा ९ चौका र १ छक्काको मद्दतमा उनले ८४ रन बनाए । यस्तै, रञ्जित खड्काले ३० र भुवन पाण्डेले २४ रनको योगदान गरे । बलिङमा तिरुपतिका विवेक यादवले ४, वसिर अहम्मद र वीरेन्द्र मल्लले समान २-२ तथा संदीप मौर्य र तुलबहादुर थापाले १-१ विकेट लिए ।

प्रतिउत्तरमा तिरुपतिले २५.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ४८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि वसिर अहम्मदले ४९, नन्दलाल चाई र तुलबहादुर थापाले २४-२४ तथा विवेक यादवले १८ र संदीप मौर्यले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वेष्टर्नका बिष्णु पाण्डे र अभिषेक गौतमले समान ४-४ महत्वपूर्ण विकेट लिँदा अनिल खरेलका नाममा २ विकेट रह्यो । वेष्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : ४१ बजे

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन