४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति पौडेललाई शक्ति राष्ट्रहरुको बधाई तथा शुभकामना



काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथ ग्रहण सहिए लगत्तै छिमेकी मुलुकका समकक्षीहरुबाट बधाई सन्देश आउन थालेका छन् । राष्ट्रपतिको पद तथा गोपनियताको सपथ सकिए लगत्तै शक्ति राष्ट्रका समकक्षी र राजदूतावास मार्फत बधाई र शुभकामना आउन थालेका हुन् ।

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्।

पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्।

पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ। द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुद्वारा विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरि उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

उता अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको