४ पुस २०८२, शुक्रबार | December 20, 2025

दार्चुलामा १९ वर्षीया युवती बलात्कृत



धनगढी । दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम युवतीलाई युवतीमाथि करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनले गत शुक्रबार राति १९ वर्षीया युवतीमाथि घरमै पसेर बलात्कार गरेको उजुरीपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइहरेको प्रहरीको भनाइ छ।

घरमा अरू कोही नभएको मौकामा बमले रातिको समयमा घरमै गएर जबरजस्ती करणी गरेको आरोप छ। शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको