५ चैत्र २०८२, बिहिबार | March 19, 2026

खजुराको महायज्ञ एकदिन थप, खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने स्थानीयको अठोट



खजुरा । बाँकेको खजुरमा जारी सप्ताहब्यापी श्रीमदभागवत ज्ञान महायज्ञ १ दिनका लाथि थप गरिएको छ । दानकर्ताहरुको चाप र स्थानीयको मागलाई सम्बोधन गर्दै महायज्ञको अवधि थप भएको आयोजक लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

२४ गतेबाट सुरु भएको महायज्ञमा सोमबार मात्र १५ लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिको आर्थिक उपसमितिले जानकारी दिएको छ । आर्थिक सहयोग दिनेहरुको चाप बढ्दै गएको र संकलनको व्यवस्थापनका कारण भागवत कथाको अध्याय नसकिएकाले एकदिनका लाथि महायज्ञको अवधि थप भएको सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । उनले स्थानीयको मागलाई ध्यानमा राखेर चेत्र १ गते कथा प्रवचन सक्ने गरि समापनको कार्यक्रम तय गरिएको जानकारी दिए ।

सोमबार मात्र स्थानीय उद्योगी उत्तमराज घिमिरेबाट १ लाख ११ हजार, स्थानीय समाजसेवी धनसिंह रानाबाट १ लाख १ हजार १११ आर्थिक सहयोग प्रदान भएको अर्थिक समितिका संयोजक बिजय बुढाथोकीले बताए । रु ५ हजार दान दिनेको नाम समेत शिलालेखमा समावेश गरिने निर्णय भएसँगै दान दिनेहरुको घुँईचो लागेको उनले बताए ।

खजुरा आसपासका ऐतिहासिक मठ मन्दिरहरु सहित खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने र खजुरामा ६० फुट अग्लो सालिग्राम माथि विशाल सुदसैन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा बालकृष्ण अर्याल सहितको संगीतमय टोलीले धार्मिक कथा वाचन गरिरहेका छन् । भागवत कथा संगै कलाकारहरुको सन्देशमुलक र राष्ट्रप्रेम झल्कने जिवन्त कलाले महायज्ञमा अर्को उर्जा थपेको स्थानीय शिक्षिका पद्मा शर्माले बताइन् ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालजी महाराजकै संकल्पमा आयोजित महायज्ञले खजुरा क्षेत्रमा धार्मिकस्थलहरुको सम्बद्र्धन हुने र धार्मिक स्थलहरुको महिमाको प्रचार हुने मन्दिर व्ष्वस्थापन समितिका सदस्य राधा ढकालले बताइन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ३७ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर